म्याराडोनाको शल्यक्रिया सफल
एजेन्सी । अर्जेन्टिनाका पूर्व फुटबल स्टार डिएगो म्याराडोनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनको पब्लिक रिलेसन्स टिमले जनाएको छ । मस्तिष्कमा रगत बगेपछि शल्यक्रिया गरिएको थियो । शुक्रबार आफ्नो ६० औं जन्मदिन मनाएका म्याराडोना केही दिनपछि नै अस्पताल भर्ना भएका थिए ।
म्याराडोनाका व्यक्तिगत डाक्टर लियोपोल्डो लुक्युका अनुसार यी अर्जेन्टिनीमा ‘सबडुरल हेमाटोमा’ नामक समस्या देखिएको थियो, यस्तो समस्या हुँदा मेम्ब्रेन र मस्तिष्कमा रगत बग्छ । कुनै दुर्घटनाका कारण यस्तो भएको हुनसक्ने डाक्टरको भनाई छ । यद्यपि, म्याराडोनाले आफुलाई कुनै दुर्घटनाबारे याद नभएको प्रतिक्रिया दिएका छन् । म्याराडोनाका प्रवक्ताले उनको शल्यक्रिया पूर्ण रुपमा सफल भएको बताएका छन् ।
शल्यक्रिया गराएका म्याराडोना ब्युनोर्स आयर्सस्थित निजी क्लिनिकमा ४८ घण्टासम्म बस्नेछन् । १९८६ मा म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको थियो । उनी विश्व फुटबलकै सर्वोत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण