गुटगत भेला नगर्न ओलीको आग्रह
काठमाडौंँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काल्पनिक र गलत कुरा गरेर पार्टीलाई भ्रममा पार्ने प्रयास गर्न नहुने बताएका छन् ।
पार्टी बैठक बोलाउन आग्रहसहित अध्यक्ष ओलीलाई भेट्न शनिबार बालुवाटार पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका केही सदस्य नेतासँग उनले यस्तो बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले
जानकारी दिए ।
त्यस अवसरमा अध्यक्ष प्रचण्ड सहितका नेताहरूले बैठक बोलाउन दुई पृष्ठको लिखित आग्रह पत्र प्रधानमन्त्रीलाई बुझाएका थिए । अध्यक्ष ओलीले सल्लाह गरेर बैठक बोलाउने बताउनुभएको सल्लाहकार थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले बैठक चाहियो भने काल्पनिक, झुठा कुरा बोल्न, लेख्न छाड्नुस्, पार्टी विभाजन गर्ने खालका गतिविधि नगर्न नेताहरूलाई ध्यानाकर्षण गराउँदै गुटगत राजनीतिले समस्याको समाधान नहुने धारणा व्यक्त गरेको जनाइएको छ ।
नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले भने, “बैठक बस्नु हुँदैन भनेर मैले भनेको छैन, बैठक भोलि बसौँला, पर्सी बसौँला, सल्लाह गरेर बसौँला तर त्यसअघि तपाईंहरू पनि सच्चिनुपर्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण