आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरमा यी संकेत देखिए हुनुहोस् सावधान, कतै क्यान्सर त होइन ?

आइतबार, २३ कात्तिक २०७७, ०९ : २५
आइतबार, २३ कात्तिक २०७७

क्यान्सरको सुरुवाती लक्षणमाथि ध्यान नदिए तेस्रो चरणमा यो रोगबाट मानिसलाई बचाउन मुश्किल हुन्छ । यसको चेतावनी समय रहँदा नै पहिचान गर्न सके मानिसको जीवन बचाउन सकिन्छ । वेबएमडीको एक रिपोर्ट अनुसार शरीरमा क्यान्सरको लक्षण देखिने बित्तिकै तपाईंले डाक्टरलाई भेट्नुपर्छ । सुरुवाती चरणमा नै क्यान्सरबारे पत्ता लगाउन सके यसको उपचार सम्भव छ ।

रिपोर्टका अनुसार क्यान्सर भएको अवस्थामा महिला वा पुरुष दुबैमा समान लक्षण देख्न सकिन्छ । डिप्रेशन वा फ्लू हुँदा मानिसलाई भोक लाग्दैन । क्यान्सरले तपाईंको मेटाबोलिजममा असर पारेर यस्तै गर्न सक्छ । पेट, प्यान्क्रियाज, ठूलो आन्द्रा वा गर्भाशयको क्यान्सर हुँदा पेटमा दबाब महसुस हुन्छ जसका कारण तपाईंलाई भोक लाग्दैन ।

दिसामा रगत आउनु पनि क्यान्सरको एउटा ठूलो लक्षण हो । यद्यपि, अल्सर वा कुनै संक्रमण हुँदा पनि यस्तो हुनसक्छ । दिसामा रगत देखिनुको अर्थ यो हो कि तपाईंको ग्यास्ट्रो–इन्टेसटाइन ट्र्याक्टमा कुनै समस्या छ । दिसामा आउने रगत यदि चम्किलो छ भने रेक्टम (मलाशय) वा आन्द्राको समस्याका कारण हुनसक्छ । यदि गहिरो छ भने पेटको अल्सरतर्फ इशारा गर्छ । यद्यपि, दुबै अवस्थामा यसको परीक्षण गर्न आवश्यक छ ।

पिसाबमा रगत आउनु पनि क्यान्सरको एउटा ठूलो संकेत हो । यो मृगौला वा मूत्राशयको क्यान्सरको लक्षण हुनसक्छ । यद्यपि, पत्थरी वा मृगौला सम्बन्धि समस्या हुँदा पनि यस्तो लक्षण देखिन्छ । यस्तो हुँदा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

यदि तपाईंलाई लामो समयसम्म खोकी लागिरहेको छ र उपचार पछि पनि निको भएन भने फोक्सोको क्यान्सरको उपचार गराउनुहोस् । फोक्साको क्यान्सर हुँदा छाती दुख्ने, तौल घट्ने, घाँटी सुक्ने, थकान र सास फेर्न समस्या हुनसक्छ । यस्तो लक्षण कोल्ड–फ्लूमा पनि देख्न सकिन्छ । त्यसैले तत्काल उपचार गराउनुपर्छ ।

क्यान्सरको एउटा विशेष पहिचान अत्यधिक थकान पनि हो । जुनसुकै बेला पनि अत्यधिक थकान लाग्ने, कुनै शारीरिक काम गर्न गाह्रा हुने र निद्रा मात्रै लागिरहने भएको खण्डमा केही गडबड छ भनेर बुझ्नुपर्छ ।

इन्फेक्सन वा फ्लू हुँदा शरीरको तापक्रम निकै बढ्ने गर्छ । ज्वरो आउँछ । तर लिम्फोमा, ल्यूकेमिया र मृगौला, फोक्सोमा हुने क्यान्सरमा पनि बिरामीमा यस्तो समस्या देखिन्छ । क्यान्सर भएको खण्डमा ज्वरो अचानक बढ्छ र दिउँसोको समयमा छ्याङ्ग हुन्छ । यदि शरीरको तापक्रम १००.५ डिग्रीभन्दा बढि भइरहन्छ भने डाक्टरलाई भेट्न आवश्यक छ ।

मुख, गला, थाइरोयड र भोइस बक्समा गाँठो देखिनु पनि क्यान्सरको लक्षण हो । यद्यपि, यो कुनै संक्रमण हुँदा पनि देखिन सक्छ । क्यान्सरको गाँठो कहिले पनि दुख्दैन । यो कहिले हट्दैन पनि तर क्रमशः बढिरहन्छ । यदि तपाईंमा यस्तो समस्या छ भने तुरुन्त डाक्टरलाई भेट्नुहोस् ।

राती पसिना आउनु पनि क्यान्सरको निकै ठूलो लक्षण हो । यद्यपि, महिलाको महिनावारी रोकिने समयमा पनि यस्तै समस्या देखिने गर्छ । त्यसैले क्यान्सरको खतरा नबढोस् त्यसैले यसको उपचार गराउनुपर्छ ।

यदि तपाईंको छालामा अचानक कुनै परिवर्तन महसुस भइरहेको छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस् । छाला बाक्लो हुनु, छालाको रङ परिवर्तन हुनु वा आकार खराब हुनु पनि क्यान्सरको संकेत हो ।

एक रिपोर्ट अनुसार पाँचमध्ये दुई क्यान्सरका बिरामीको तौल घट्ने गर्छ । यद्यपि, यसका अन्य थुप्रै कारण पनि हुनसक्छन् । तर सामान्यभन्दा बढी नै तौल घटेको खण्डमा डाक्टरलाई यसबारे पक्कै पनि जानकारी दिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप