नवीनको गीत ‘लेउ खुकुरी लेउ’ मा ललिता निवास प्रकरण
काठमाडौं । देशमा भ्रष्टाचार र बेथितिले सीमा नाघेको छ । सत्तामा रहेकाहरु गुट, उपगुट मिलाउँदैमा ब्यस्त छन् । राज्य सत्ताको बिभिन्न बैठक दैनिक बस्ने गरेको भएपनि जनताको हितका खातिर कोहीले केही गरेको देख्न, सुन्न सकिन्न् । जनता भोक, रोग र शोकले आक्रान्त छन् । सरकारलाई केही मतलब छैन । यस्तै विभिन्न परिवेशलाई समेटेर गायक नवीन पौडेलले नयाँ गीत ‘लेउ खुकुरी लेउ’ ल्याएका छन् ।
गायक पौडेलकै शब्द, संगीत समेत रहेको गीतमा देश दिन प्रतिदिन बिग्रिएको, दलहरुले आफ्नो मति सच्याउनुपर्ने र देशलाई कायापलट गर्ने एक धर्नीपुत्रको आवश्यक रहेको समेत बताइएको छ । गीतमार्फत जनतालाई भ्रष्टचारीले तह लगाउन खुकुरी उठाउन आवहान समेत गरिएको छ ।
‘गीतमा बालुवाटरको ललिता निवास प्रकरण, सत्तरी करोड घुस काण्ड, ओम्नि काण्ड, सुन काण्ड, अपहरण काण्ड, बलात्कार काण्डलगायत थुप्रै काण्डले प्रथामिकता पाएको छ’ गायक पौडेलले भने– ‘लेउ खुकुरी लेउ’ देशमा घटेका अनेक काण्डले भरिएको र काण्डै काण्डले जेलिएको शासन ब्यवस्थाको विरुद्धको गीत हो ।’ गीतमा वास्तविक जनताको आवाज आफुले प्रस्तुत गर्न खोजेको नवीनले सुनाए ।
प्रसाद, प्रिन्च अबिरल, चन्द्रीका ओझा, सपन सुमन, सुनिता सुनल लगायतको कोरोस गायन रहेको गीतमा बृद्ध नेताहरुले देशको भलोका लागि राजनीतिबाट बिदा लिनुपर्ने धारणा समेत राखिएको छ । गीतको एरेन्ज केशव बाबुले गरेका हुन् ।
सामाजिक धारका यथार्थपरक चेतनामूलक गीत श्रृजना गर्न माहिर गायक नवीनको यो गीतको भिडियो समेत बनेको छ । भिडियोमा राष्ट्रिय झण्डा सहित गायक नवीनको साथमा बिष्णु भट्टराई, किरण तुलाचन, परि शर्मा, गीता केसी, यमन अर्याल, कल्पना पाण्डे, सगुन शर्मा, पुष्प बराल लगायत थुप्रै कलाकारको अभिनय रहेको छ । भिडियो छायाँकन, सम्पादन तथा निर्देशक बिष्णु भट्टराईले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण