मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘आकाशै को’ गीतमा रोचक र मुनाको रोमान्स

मङ्गलबार, २५ कात्तिक २०७७, १३ : ०६
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौं । गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वर रहेको ‘आकाशै को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा.राजुबाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन छ ।

भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । दिपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल प्रजापतिको छायाँकन र उज्वल ढकालको सम्पादन छ । भिडियो होटेल याक एण्ड यति, होटेल साम्बाला, रिगल स्टुडियो, बबरमहल रिभिजिटेड साथै हेलम्बुको मनमोहक स्थानमा छायाँकन गरिएको हो ।

भिडियोकी मोडल मुना ‘फेस अफ क्लासिक डायमन्ड २०१७’ विजेता पनि हुन् । उनले ‘रंग लगाया तुने’ बोलको हिन्दी गीतको भिडियोमा पनि अभिनय गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप