सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लाग्योः उपेन्द्र यादव
जनकपुर । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागिपरेको आरोप लगाएका छन् । जनकपुरधाममा पार्टीको भ्रातृसंगठन समाजवादी युवा संघले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । अध्यक्ष यादवले नेपालको संविधानले अपरिवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत वर्तमान ओली सरकारले चुनौैती दिने चेष्टा गरेकाले संघीय गणतन्त्र माथि खतरा मडारिन थालेको बताए ।
मुलुक कोरोना महामारीको संकटमा रहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनुपर्नेमा त्यसो नभई अन्यत्र चलखेलमा लाग्नु मुलुकको लागि दूर्भाग्य भएको चिन्ता उनले व्यक्त गरे । उनले भने– ‘जनताको जीउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता छैन, अब सरकारविरुद्ध सबै मोर्चामा लड्न आवश्यक छ ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले शिक्षित र सक्षम युवाहरुलाई नेतृत्व गर्न दिने समय आइसकेको समेत बताए । उनले विश्वका हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडी बढन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण