मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लाग्योः उपेन्द्र यादव

मङ्गलबार, २५ कात्तिक २०७७, १९ : ३९
मङ्गलबार, २५ कात्तिक २०७७

जनकपुर । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागिपरेको आरोप लगाएका छन् । जनकपुरधाममा पार्टीको भ्रातृसंगठन समाजवादी युवा संघले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । अध्यक्ष यादवले नेपालको संविधानले अपरिवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत वर्तमान ओली सरकारले चुनौैती दिने चेष्टा गरेकाले संघीय गणतन्त्र माथि खतरा मडारिन थालेको बताए ।

मुलुक कोरोना महामारीको संकटमा रहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनुपर्नेमा त्यसो नभई अन्यत्र चलखेलमा लाग्नु मुलुकको लागि दूर्भाग्य भएको चिन्ता उनले व्यक्त गरे । उनले भने– ‘जनताको जीउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता छैन, अब सरकारविरुद्ध सबै मोर्चामा लड्न आवश्यक छ ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले शिक्षित र सक्षम युवाहरुलाई नेतृत्व गर्न दिने समय आइसकेको समेत बताए । उनले विश्वका हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडी बढन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप