नेपालकै दोस्रो ठूलो पेट्रोलियम डिपो पोखरामा बन्ने, उद्योगमन्त्री भट्टले आज शिलान्यास गर्दै
काठमाडौं – अम्लेखगंज पेट्रोलियम डिपो पछिको नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण डिपो पोखरामा बन्ने भएको छ ।
पोखरा महानगरपालिका २९ मा एक करोड लिटर अर्थात् १० हजार किलोलिटर भण्डारण क्षमताका दुई वटा ट्याङ्की निगमलेमा निर्माण गर्ने भएको हो ।
कुल ७७ रोपनीमा बन्ने उक्त डिपोको आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सिलन्यास गर्दै छन् ।
कुल ७७ करोड (भ्याट बाहेक) अनुमानित लागतमा बन्ने उक्त डिपो दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने निगमले जनाएको छ । सो डिपो निर्माण कार्य सम्पन्न भई संचालनमा आएसँगै गण्डकी प्रदेशका ५(६ जिल्लाको ४५ देखि ५० दिनको माग धान्ने निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । हाल उक्त डिपोको भन्डारण क्षमता कुल २ हजार ६ सय ३० किलोलिटर अर्थात् २ लाख ६ हजार ३ सय ९२,६०,३००० लिटर रहेको छ ।
जसमध्ये ३५० किलोलिटर पेट्रोल र २,२८० किलोलिटर डिजेल रहेको छ ।
यता नेपालकै सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ भण्डारण डिपो अम्लेखगंज डिपोको भण्डारण क्षमता कुल २ करोड १९ लाख लिटर रहेको छ ।
२ करोड लिटर डिजेल र १९ लाख लिटर पेट्रोल भण्डारण क्षमता रहेको सो डिपोमा समेत निगमले थप ४ हजार एक सय किलोलिटर क्षमता विस्तार गर्ने योजना बनाएको छ ।
कम्तिमा पनि ९० दिनको पेट्रोलियम पदार्थको माग धान्न पुग्ने गरी भण्डारण क्षमता बढाउने लक्ष्य राखेको निगमले सोही लक्ष्य अनुरुप पछिल्लो समय डिपो विस्तारको कामलाई तीव्रता दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण