अर्थमन्त्री पौडेलको रिइन्ट्रीपछि सेयर बजार नयाँ उचाइतर्फ, पौडेलसँग सेयर बजारको के छ कनेक्सन ?
काठमाडौं । पछिल्ला केही दिनयता सेयर कारोबारमा उत्साह देखिन थालेको छ । बजारले नयाँ उचाइ बनाइरहेको छ । कतिपयले सेयर बजारमा उत्साह आउनुमा नयाँ अर्थमन्त्रीलाई जोडेर हेरेका छन् । विष्णुप्रसाद पौडेल अर्थमन्त्रीमा नियुक्त भएको दिन (असोज २८) सेयर बजारमा १ अर्ब ४९ करोड भन्दा बढीको रुपैयाँको कारोबार भएको थियो । यद्यपि यस दिन सूचक ७.४२ अंकले घटेर १५६१.१७ विन्दुमा पुगेको थियो । त्यतिबेला चाडपर्व नजिकिँदै जाँदा लगानीकर्ताहरुले खर्च जोहो गर्न थालेको अनुमान गरियो, जसलाई सेयर बजार घट्नुको कारण मानियो ।
पौडेल नियुक्त भएको भोलिपल्ट (असोज २९) पदभार ग्रहण गर्दा सेयर बजारले सामान्य स्वागत गरेको थियो । सो दिन नेप्से सूचक १.२९ अंकले बढेर १५६२.४६ बिन्दुमा अडिएको थियो । १ सय ९६ कम्पनीको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । पौडेलको नियुक्तिलाई लिएर सेयर बजारका लगानीकर्ताहरु पनि केही हदसम्म उत्साहित देखिए ।
लगानीकर्ता उत्साहित हुनुको मुख्य कारण भनेको पौडेलले पहिलोपटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहँदा नेप्से परिसूचक अहिलेसम्मकै उच्च (१८८१) बिन्दुमा पुगेको थियो । अहिले पनि लगानीकर्ताहरु अर्थमन्त्री पौडेलको पुनःआगमनले सेयर बजारमा सुधार हुनेमा आशावादी देखिन्छन् । संयोग वा नयाँ अर्थमन्त्रीको आगमनमा उत्साहित जे भएपनि सेयर बजारको कारोबारमा रौनक देखिँदै गयो ।
नेप्से सूचक (कात्तिक २) ५.६६ अंकले घटेर १५५६.८० विन्दुमा पुग्यो । सो दिन १ सय ८७ कम्पनीको १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । त्यसयता नेप्सेमा उतारचढाव भइरह्यो । दशैको विदा अगाडी सेयर बजारमा सकारात्मक बृद्धि भयो बजारले १६ सय अंक टेक्यो । कात्तिक ६ गते नेप्से सूचक ८.५४ अंकले बढेर १६०६.२५ बिन्दुमा आइपुग्यो । १ सय ८७ कम्पनीको १ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।
यस्तै दशैं विदापछि पहिलो दिन खुलेको सेयर बजारले आम लगानीकर्तालाई निकै उत्साहित बनाउन थाल्यो । कात्तिक १२ गते बजार नेप्से सूचक आकर्षक हिसाबले बढ्दै गयो । नेप्से सूचक ४१.२० अंकले बढेर १६४७.४५ विन्दुमा आइपुग्यो । सो दिन २ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।
अहिले आम लगानीकर्ताका लागि महत्वपूर्ण मानिएका विन्दुहरु नेप्सेले क्रमशः पार गर्दैअघि बढ्न थालेको छ । नेप्से सूचक तथा अन्य उपसूचकहरुले अहिले नयाँ उचाई बनाइरहेको छ । तिहार विदा अघिको (कात्तिक २७) कारोबार सम्म नेप्से सूचक १०.८२ अंकले बढेर १७१८.५० विन्दुमा आइपुगेको छ । १ सय ९८ कम्पनीको ४ अर्ब ८२ करोड भन्दा बढीको कारोबार भएको छ ।
तर केही लगानीकर्ताहरु अर्थमन्त्रीको रिइन्ट्रीले नभइ सेयर बजारले हरेक चार वर्षको चक्र पुरा गरेकोले बजार बढ्न थालेको बताउँछन् । लामो समय बजार संघर्षरत थियो । अहिले बजारले १७ सयको बिन्दु टेकिसकेको छ ।
सेयर बजारको विषयमा एक शब्द पनि नबोलेका अर्थमन्त्रीको कारण बजार बढेको भन्न मिल्दैन: लगानीकर्ता

अर्थमन्त्री समग्र अर्थतन्त्रको आश हो । उनले लिने नीति र योजनाले अर्थतन्त्रको बाटो तय हुन्छ । सेयर बजारमा पनि अर्थमन्त्रीको आगमनलाई निकै चासोका साथ हेरिन्छ । लगानीकर्ताहरु कुन मन्त्री सेयरबजार मैत्री छन् कुन छैनन भन्ने अड्कलबाजी गर्न थाल्छन् । पौडेल पहिलो पटक अर्थमन्त्री बनेकै बेला सेयर बजारले नयाँ रेकर्ड कायम गरिरहेको थियो । त्यसैलाई लिएर अब पनि बजारले पहिलाको रेकर्ड ब्रेक गर्ने अनुमान हुनु अस्वभाविक होइन । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बजारमा रौनक आउनुमा अहिलेको अर्थमन्त्री कारण नभएको बताउँछन् । उनी भन्छन, ‘अर्थमन्त्री भएपछि उनले सेयर बजारबारे एक शब्द पनि बोलेका छैनन अनि कसरी भन्ने उनको आगमनले सेयर बजारमा रौनकता ल्यायो ?’
अहिले अर्थमन्त्री पौडेल विभिन्न क्षेत्रका व्यक्तिसँग भेटेर सुझाव लिइरहेका छन तर पुँजी बजार सम्बध व्यक्तिहरुलाई उनले भेटेका छैनन । बरु बजार बढ्नुमा सेयरबजारले प्रत्येक चार वर्षको साइकल पार गरेको लगानीकर्ताहरु बताउँछन् । सेयर बजारले चार वर्षको सइकल पार गरेपछि बढ्न थालेको, बैंकले एकल अंकको ब्याजदर कायम गरेको, लगानी गर्ने अन्य विकल्प कोरोनाले बन्द गर्दा सेयरतिर लगानी आकर्षित भएका जस्ता कारणले बजारमा रौनकता आएको लगानीकर्ता रौनियारको बुझाई छ ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अर्थमन्त्री पौडेलेको रिइन्ट्रीले सेयर बजारले नयाँ उचाइ बनाउँदै गएको मान्न तयार छैनन । उनको धारणा पनि रौनियारको जस्तै छ । एक शब्द पनि नबोलेका अर्थमन्त्रीको कारण अहिलेको बजार बढेको होइन भन्ने तर्क छ । बजार बढ्नुमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेकोले लाभांशको लोभले पनि सेयर खरिद बिक्री बढ्न थालेको पोखरेलको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण