चीनका पुराना नीतिकथा
अपशकुन
आइतबार, ३० कात्तिक २०७७, ०१ : ०४
एक किसानको आँगनमा एउटा सुकेको रुख थियो । उसको छिमेकीले एक दिन कुरै कुरामा कुरा मिलाएर भन्यो, “आँगनमा सुकेको रुख रहनु अपशकुन हो । यस्तो राखिराख्नु ठीक छैन !”
किसानले भोलिपल्टै त्यो रुख काट्यो ।
रुख ढलेको मात्र थियो, त्यो छिमेकी डोरी लिएर दाउरा माग्न आयो ।
रुख मालिक किसान दिक्क भयो । उसले सोंच्यो, “यसले आखिर आफूलाई दाउरा चाहिएर मलाई रुख काट्न लगाएको रहेछ । म उसको नजिकैको छिमेकी हुँ । तर पनि मसित यसले यस्तो कपटी व्यवहार गर्यो । कपट कति नराम्रो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण