अमेरिकामा एकैदिन रेकर्डस्तरको १ लाख ७७ हजार संक्रमित फेला, दक्षिण कोरियामा संक्रमणको तेस्रो लहर
संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ५४ करोड पार भएको छ । ३ करोड ७८ लाख संक्रमित निको भइसकेका छन् । हालसम्म १४ लाख १७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यो आँकडा वर्ल्डोमिटर्समा प्रकाशित छ । अमेरिकामा संक्रमण दिन प्रतिदिन बढ्दै छ । शुक्रबार र शनिबारबीच यहाँ एक लाख ७७ हजार संक्रमित भेटिएका छन् । अमेरिकामा राष्ट्रपति पदका बिजेता जो बाइडेन पनि आफ्नो देशमा कोरोना नियन्त्रणका लागि सक्रिय भएका छन् । शनिबार उनले आफ्नो कोरोना टास्क फोर्ससँग छलफल गरेका थिए । दक्षिण कोरियामा संक्रमणको तेस्रो लहर देखिएको छ ।
अमेरिकामा स्थिती खराबः
अमेरिकी अस्पतालमा एकपटक पुनः बिरामीको संख्या बढ्न थालेको छ । शनिबार यहाँ १ लाख ७७ हजार नयाँ संक्रमित भेटिएका थिए । ओरेगन र मिशिगनमा संक्रमण निकै तीब्र गतिमा फैलिरहेको छ । यसलाई मध्यनजर गर्दै केही प्रतिबन्ध पनि लगाइएको छ । अमेरिकामा १० राजयमा संक्रमणको खतरा अत्यधिक छ ।
दक्षिण कोरिया सतर्कः
दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले देशमा संक्रमणको तेस्रो लहर देखिएको बताएको छ । लगातार आठौँ दिन यहाँ २०८ संक्रमित भेटिएका छन् । सरकारले तेस्रो लहर रोक्नका लागि कडा कदम उठाइने संकेत दिएको छ । जनवरीदेखि मार्चबीच यहाँ पहिलो लहर थियो । जूनदेखि अगस्टको बीचमा दोस्रो लहर थियो भने अब अहिले तेस्रो लहर देखिएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमणको मुख्य कारण विदेशबाट आउने मानिसहरु भएको बताएको छ । शनिबार दर्ता गरिएको २०८ मध्ये १७६ संक्रमित विदेशबाट आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण