मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्ता छन् तिहारका सदाबहार ४ गीत

आइतबार, ३० कात्तिक २०७७, १६ : ५८
आइतबार, ३० कात्तिक २०७७

काठमाडौं । दसैँ पछिको ठूलो चाड हो तिहार । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहार ५ दिनको हुने गर्दछ । काग, कुकुर, गाई, गोबद्र्धन र भाईपूजा समेत हुने तिहारमा झिलिमिली बत्ती बाल्ने, देउरी भैलो खेल्ने लगायतका चलनहरु समेत रहेका छन् । तिहार भन्ने बितिक्कै केही गीत हाम्रो मनमस्तिष्कमा गुञ्जने गर्दछन् । यस्ता छन् हाम्रो समाजमा तिहारमा गुञ्जने सदाबहार ४ गीतः

‘निधारमा लर्काएर सप्तरंगी टीका,
हिँडिरहू सँधैं तिमी शिखरको बाटो...’


फिल्म ‘विजयपराजय’मा रहेको यो गीत पनि हरेक तिहारमा धेरै बज्ने गर्दछ । राजेन्द्र सलभको निर्देशन रहेको यो फिल्मको गीत कवि तथा गीतकार दिनेश अधिकारीले कोरेका हुन् । यसमा संगीत शम्भुजित बाँस्कोटा र स्वर हेमलताको रहेको छ । गीतमा भुवन केसी, रुपा राना लगायतको अभिनय रहेको छ ।

तिहारै आयो, लौ झिलिमिली,
सुन हजुर भैलिनी आइन् आँगन...’


हरेक वर्षका तिहार धेरै बज्ने यो गीत फिल्म ‘स्वर्ग’मा रहेको छ । तिहार लाग्नै गर्दा देखि नसकिएसम्म यो गीतले मिडिया लगायत चारैतिर प्रथामिकता पाउने गरेको छ । शम्भु प्रधानको निर्देशन रहेको फिल्मको गीतमा नीर शाह, गौरी मल्ललगायतका कालाकारको अभिनय देख्न सकिन्छ । यादव खरेलको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । 

दियो बाली साँझको...


तिहारमा गुञ्जने गीत मध्य यो पनि एक हो । ‘चिनो’ फिल्ममा रहेको यो गीतले लक्ष्मीपूजाको बर्णन गरेको छ । भारतीय गायिका आशा भोस्लेको स्वर रहेको गीतमा स्वर्गीय अभिनेत्री शुभद्रा अधिकारीको अभिनय देख्न सकिन्छ । तुलसी घिमिरेको निर्देशन रहेको फिल्मको गीत रञ्जित गजमेरले तयार गरेका हुन् ।

‘वर्षमा दिनैमा लै लै...’ 


यो गीत दशै तिहार दुबैमा धेरै लोकप्रिय गीत हो । सुगम पोखरेलको स्वरमा रहेको गीतमा दसैं र तिहार दुवै पर्वलाई समेटिएको छ । रवि श्रेष्ठको शब्द रहेको गीतमा सुगम स्वयम्ले संगीत भरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप