फिल्म ‘आर्या’ को ‘हाम्रो धर्ती’ गीत सार्वजनिक
काठमाडौं । फिल्म ‘आर्या’को ‘हाम्रो धर्ती’ बोलको गीत सार्वजनिक भएको छ । भाइटीकाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गायिका मेलिना राईले स्वर दिएकी छन् ।
रास्ट्रभावले ओतप्रोत ‘हाम्रो धर्ती’ बोलको गीतमा कविराज गहतराजको नृत्य, राम सिटौलाको संगीत र लक्ष्मण सिटौलाको शब्द रहेको छ ।
तिमिल्सिना फिल्म प्रोडक्सन प्रालीबाट निर्माण भएको फिल्मको प्रदर्शन लकडाउनका कारण रोकिएको थियो । गीतमा अभिनेत्री शिल्पा पोखरेल कोरसका साथ देखिएकी छन् । गीतमा राष्ट्रिय झन्डाको व्यापक प्रयोग गरी दृश्य छायाँंकन गरिएको छ । झन्डा नेपाल र नेपालीको आत्मसम्मान र राष्ट्र गौरवको प्रतिकको रुपमा सन्देश समेत दिइएको छ ।
उपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको फिल्मको गीत तनहुँको मानुङ डाडामा खिचिएको हो ।
दिव्यराज सुवेदीले छायांकन गरेको ‘आर्या’मा राम सिटौला र शशि बिक्रम थापाको संगीत, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन समेटिएको छ ।
फिल्ममा शिल्पा पोखरेल, अनुप बिक्रम शाही, प्रकाश शाह, रवि गिरि, सुशील पोखरेल, गीता अधिकारीलगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण