मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

यम बरालको ‘जवानी ताजा ताजा छ’ मा उषा र नाजिर

मङ्गलबार, ०२ मङ्सिर २०७७, १९ : ५०
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौं । गायक यम बरालको स्वर रहेको ‘जवानी ताजा ताजा छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा बरालाई युगल गायनमा गायिका उर्मिला लाम्गादेले साथ दिएकी छन् ।
आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीतमा संगीत संयोजन मोहित मुनालको रहेको छ । 

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ । रविन्द्र न्यौपानेको  छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदीप बरालको निर्देशन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप