बागमती प्रदेशमा होम आइसोलेशनमा बस्ने संक्रमित बढे
बागमती प्रदेशमा होम आइसोलेशनमा बस्ने कोरोनाभाइरस कोभिड—१९ संक्रमित सबैभन्दा बढि रहेको पाइएको छ । बागमती प्रदेशमा १६ हजार ८ सय ९८ जना होम आइसोलेशनमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को होम आइसोलेशनमा २ हजार ९ सय ५४ जना बसेका छन् भने प्रदेश २ मा होम आइसोलेशनमा बस्नेको संख्या ६ सय ५९, जना रहेको छ । यस्तै गण्डकी प्रदेशमा १ हजार ८ सय ९३ जना रहेका छन् । लुम्बिनी प्रदेशमा १ हजार ८ सय २६ होम आइसोलेशनमा बसका छन् भने कर्णाली प्रदेशमा १ सय ९४ जना होम आइसोलेशनमा रहेका छन् ।
र सुदूरपश्चिम प्रदेशमा ९ सय २३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २५ हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेशनमा रहेका छन् । हालसम्म २८ हजार १ सय ६ जना संक्रिय संक्रमित मध्ये २५ हजार ३ सय ४७ जना होम आइसोलेशनमा बसको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण