मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नाफामा निर्जीवनभन्दा जीवन बीमा कम्पनी अगाडि : पहिलो स्थानमा नेपाल लाइफ

कुन बीमा कम्पनी कति बलिया ?
शुक्रबार, ०५ मङ्सिर २०७७, १२ : ४६
शुक्रबार, ०५ मङ्सिर २०७७

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिपोर्ट प्रकाशित गर्ने बीमा कम्पनीहरुमा निर्जीवनभन्दा जीवन बीमा कम्पनीहरुले नाफामा अग्रता लिएका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत आठवटै जीवन बीमा कम्पनीको नाफा बढेको छ । नेपाल लाइफ इन्सुरेन्सले आफ्नो पहिलो स्थान छोडेको छैन । यसले सबैभन्दा बढी नाफा कमाएको छ । पहिलो त्रैमासमा २२ करोड ९० लाख रुपैयाँ कमाएको हो । चुक्ता पुँजीमा पनि नेपाल लाइफकै अग्रता छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ तर यसको चुक्तापुँजी नै ५ अर्ब रुपैयाँ भन्दा बढी छ । बैङ्क तथा वित्तीय क्षेत्रमा कोरोनाको प्रभाव प्रष्ट देखिदा बीमा कम्पनीमा भने कोरोनाको प्रभाव देखिदैन । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत सबै जीवन बीमा कम्पनीको नाफामा चमात्कारिक सुधार देखिएको छ । नेप्सेमा ८ वटा मात्र सूचिकृत भएपनि नेपालमा जीवन बीमा कम्पनीको सङ्ख्या १९ वटा रहेको छ । बाँकी ११ वटा नेप्सेमा सूचिकृत हुन बाँकी छ । 

जीवन बीमा कम्पनी कसको स्थान कति ?
 

नीर्जिवन बीमा कम्पनीको नाफामा नेको पहिलो स्थानमा 

यता नेप्सेमा सूचिकृत १८ वटा निर्जीवन बीमा कम्पनीमा १७ वटाले वित्तिय विवरण प्रकाशित गरिसकेका छन । जसमा २ वटा निर्जीवन बीमा कम्पनीको मात्र नाफा घटेको छ । नाफा घट्नेमा हिमालयन जनरल इन्सुरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । पहिलो त्रैमासको प्रतिवेदन अनुसार नेको इन्सुरेन्सले पहिलो स्थान ओगटेको छ । उसले १२ करोड ४४ लाख ५८ हजार नाफा गरेको छ । दोस्रोमा शिखर इन्सुरेन्स रहेको छ । उसले १२ करोड २३ लाख २ हजार रुपैयाँ नाफा गरेको छ । नेपालमा निर्जीवन बीमा कम्पनी २० वटा छन् तर नेप्सेमा १८ वटा मात्र सूचिकृत छन् । 

प्रतिसेयर आम्दानीमा राष्ट्रिय बीमा कम्पनी अगाडी 

बजार भाउ आकर्षक रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर आम्दानी सबैभन्दा बढी छ । यद्यपि यसको आम्दानी गत वर्षको यसै अवधिको तुलनमामा भने घटेको हो । गत बर्ष यस कम्पनीको प्रतिसेयर आम्दानी ९१.५६ रुपैयाँ थियो ।  अहिले राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १६ हजार ७ सय रुपैयाँ रहेको छ । नेको इन्सुरेन्सको पनि ३७ रुपैयाँ ७९ पैसा रहेको छ । यसले भने गत वर्षको भन्दा प्रतिसेयर आम्दानी बढाएको हो । गत वर्ष यसै अवधिमा २२.८१ रुपैयाँ थियो । सातवटा कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । यता जीवन बीमा तर्फ प्रतिसेयर आम्दानीमा प्राइम लाइफ अगाडी छ । प्राइमको प्रतिसेयर आम्दानी २१.३९ रुपैयाँ छ । नाफामा पहिलो स्थानमा रहेको प्राइम लाइफको प्रतिसेयर आम्दानी भने १६.६७ रुपैयाँ छ ।

हाल जम्मा ४० वटा बीमा कम्पनी छन् । १९ वटा जीवन, २० वटा निर्जीवन र एउटा पुनर्बीमा कम्पनी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप