बैतडीमा ४७९ जनाले कोरोना जिते
बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ५०० मा सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ । जिल्लाको पाटन नगरपालिकाका ७६ जनाले कोरोना जितेका छन् । पाटनमा ८२ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
यस्तै दशरथचन्द नगरपालिकाका पनि ८२ जनामा सङ्क्रमण पुष्टि हुँदा ७४ ले कोरोना जितेका छन् । यसका साथै पञ्चेश्वर गाउँपालिकाका ६२, सिगास गाउँपालिकाकाका ५५, शिवनाथ गाउँपालिकाका ५१, दोगडाकेदार गाउँपालिकाकाका ४८, मेलौली नगरपालिकाका ४७ जनाले पनि कोरोना जितेका छन् । सूर्नया गाउँपालिकाका ३५, पुर्चौडी नगरपालिकाका १९, डिलाशैनी गाउँपालिकाका १२ जना सङ्क्रमित डिस्चार्ज भएका बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए ।
जिल्लाको दशरथचन्द नगरपालिकामा आठ, पाटन नगरपालिकामा छ, सूर्नया गाउँपालिकाका चार, पञ्चेश्वर गाउँपालिकाका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित रहेका छन् । शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिका भने कोरोनाका सक्रिय सङ्क्रमित शून्य भइसकेका छन् । हालसम्म बैतडीका छ हजार ४८२ को पिसिआर परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण