यी हुन् उत्कृष्ट १५ करदाता
काठमाडौं । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु-याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन आइतबार उत्कृष्ट १५ करदाताको नाम छनोट गरेको हो ।
आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमध्येबाट मदिरा व्यवसायी विजयकुमार शाह उत्कृष्ट छानिएका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् ।
मदिरा व्यवसायमा संलग्न शाहको अहिले स्वदेशी मदिरा उत्पादन तथा बिक्रीमा ठूलो व्यावसायिक साम्राज्य छ । स्वदेशी मदिरा उत्पादक व्यवसायी शाहको जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरीलगायत विभिन्न कम्पनी सञ्चालित छन् । हाल शाहका यी कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।
व्यक्तिगत आयकरतर्फ : विजयकुमार शाह
बैंकिङ क्षेत्रतर्फः नबिल बैंक
कम्पनीको क्षेत्रतर्फबाटः बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल
विप्रेषणतर्फः आईएमई रेमिट्यान्स कम्पनी
व्यापार व्यवसायतर्फः अग्नि इन्कर्पोरेटेड कम्पनी
निर्यात व्यवसायतर्फः बहुराष्ट्रिय कम्पनी डाबर नेपाल
विशेष उद्योगतर्फ : हिमाल पावर कम्पनी
कृषि तथा पशुपक्षी उद्योगतर्फः अन्नपूर्ण एग्रोभेट प्रालि
सहकारीतर्फः छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
बिमा व्यवसायतर्फः नेपाल पुनर्बिमा कम्पनी
शिक्षण सेवातर्फः मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपाल प्रालि
पर्यटन व्यवसायतर्फः तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
मध्यमस्तरीय करदातातर्फ : कामना सेवा बैंक लिमिटेड
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फः घोराही सिमेन्ट
आराकाहरुको कार्यक्षेत्र तर्फबाटः भीएफ सर्भिसेस (मोरिसस) प्रालि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण