बिग्रिएको स्वास्थ्यबारे कुरा गर्दा भावुक भए राणा दग्गुबातीः भने, ‘मृत्युकै खतरा थियो’
भारतीय सिनेमाको इतिहासमा बनेको सबैभन्दा ठूलो फिक्सनल एक्सन ड्रामा फिल्म बाहुबलीमा भिलेनको भूमिका निर्वाह गर्ने साउथका नायक राणा दग्गुबातीले आफ्नो अभिनयले सबैलाई प्रभावित गरे । तर गत वर्ष नायकका लागि मुश्किलको समय थियो । नायक जिन्दगी र मृत्युका बीच जुधिरहेको थिए । त्यतिबेला उनको तस्बिर सोसल मिडियामा भाइरल पनि भएको थियो जसमा उनी असाध्यै दुब्लो र बिरामी देखिएका थिए । त्यतिबेला मानिसहरुले उनी बिरामी भएको अनुमान मात्रै लगाएका थिए, कुनै आधिकारिक बयान आएको थिएन तर अब नायक आफैंले यसबारे मुख खोलेका छन् ।
राणा दग्गुबाती हालै नायिका समान्था अक्किनेनीको च्याट शोमा उपस्थित भएका थिए । यतिबेला उनले आफ्नो स्वास्थ्य र चुनौतीबारे कुरा गरे । नायकले भने, ‘जब जीवन तीब्र रुपमा अघि बढिरहेको थियो तब अचानक एक ब्रेक लाग्यो । मुटुमा केल्कीफिकेशन (कडा हुनु) का कारण निकै समस्या भयो । मृगौला पनि फेल भयो । स्थिती यस्तो थियो कि ७० प्रतिशत स्ट्रोकको खतरा थियो र ३० प्रतिशत मृत्युको खतरा थियो ।’
Here's a glimpse into Episode 2 of #SamJam!
— ahavideoIN (@ahavideoIN) November 22, 2020
Premieres November 27 on @ahavideoIN.
Get ready for a roller coaster ride of emotions! #SamJamOnAHA @RanaDaggubati @nagashwin7 @Samanthaprabhu2 @harshachemudu pic.twitter.com/QXhaeooWKp
राणाको कुरा सुनेर समान्था पनि भावुक भइन् किनभने राणाले जुन स्थितीको सामना गरेका थिए त्यो उनले पनि देखेकी थिइन् ।
++++++++++स्मरण रहोस्, राणाले सुरुमा मृगौला प्रत्यारोपणको खबरलाई ठाडो अस्विकार गरेका थिए र आफू पूर्ण रुपमा स्वस्थ भएको बताएका थिए । उनले आफूप्रति प्रेम देखाएको भन्दै सबैलाई धन्यवाद पनि दिएका थिए । कामको कुरा गर्ने हो भने राणा दग्गुबाती फिल्म हाथी मेरे साथीमा देखिनेछन् । फिल्ममा उनी निकै भिन्न अवतारमा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण