सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाको क्षिरेश्वरनाथमा कांग्रेस बिजयी

शुक्रबार, ०६ असोज २०७४, ०७ : ५८
शुक्रबार, ०६ असोज २०७४

जनकपुरधाम - धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उप प्रमेखमा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् ।

मेयरमा योगेन्द्र पंजियार र उप प्रमुखमा रचना श्रेष्ठ बिजय भएका हुन् । 

पंजियारले ५ हजार ८ सय ९९ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी संघीय समाजवादी फोरमका सुखदेव यादवले ३ हजार ५ मत प्राप्त गरे ।

उममेयरमा निर्वाचित श्रेष्ठले ५ हजार ६ सय ९८ मत प्राप्त गरिन्  । उनका निकटतम प्रति द्धन्द्धी एमालेकी यशोदा यादवले ३ हजार २ सय ८४ मत प्राप्त गरेकी छन् । 

धनुषामा १८ स्थानीय निकाय छ । ती मध्ये ७ तहको मत परिणाम सार्वजनिक हुँदा काग्रेस ४ तहमा विजय भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप