प्रस्तोतामा बर्देेवा भित्रिएपछि ‘जुनकिरी लाइभ दोहोरी’ परिमार्जित
काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित दोहोरी कार्यक्रम ‘जुनकिरी लाइभ दोहोरी’ परिमार्जित भएको छ । चलन चल्तीकै तरिकाबाट प्रसारण हुँदै आएको कार्यक्रममा १५ औं श्रृखलाबाट परिमार्जित भएको हो ।
‘जुनकिरी लाइभ दोहोरी’ कार्यक्रममा प्रस्तोताको रुपमा लोकगायक तथा कार्यक्रम प्रस्तोता राजेश बर्देवा भित्रिएपछि कार्यक्रमको फम्र्याटमा केही परिवर्तन गरिएको हो ।
परिमार्जित कार्यक्रममा अब दर्शकले गायन क्षेत्रको बिभिन्न संघर्ष कलाकारको मुखबाट सुन्नुका साथै केही फरक–फरक लोकदोहोरी भाषाका एउटै कलाकारबाट सुन्न पाउनेछन् । यस अगाडी अशोक धिताल र सुरु थापाले प्रस्तुत गर्दै आएको कार्यक्रम अब भने राजेश र सुरुको प्रस्तुतिमा देख्न सकिनेछ ।
नेपाली मौलिक लोकदोहोरी संरक्षण र सम्बर्धन गर्ने उदेश्यले जुनकिरी म्युजिक एण्ड फिल्मस् प्रालिले सुरु गरेको कार्यक्रम ‘जुनकिरी लाइभ दोहोरी’ हरेक शुक्रबार साँझ ६ बजेदेखि ७ बजेसम्म बिगत १५ सातादेखि नियमित प्रसारण हुँदै आएको छ । कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरु प्रस्तुत गर्दै अगाडि लगिने कार्यक्रम प्रस्तोता बर्देवाले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण