सत्य-स्वरुपले बनाए कवाली शैलीको रोमान्टिक गीत
काठमाडौं । गायक तथा संगीतकार दाजुभाईद्धय सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत रहेको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । कवाली फ्लेवरको गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुको प्रयोग भएको छ ।
गीतको भिडियो दरबारिया शैलीमा निर्माण गरिएको छ । जसको निर्देशन कविराज गहतराजले गरेका हुन् । बिवाहका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरबारमा चलेको कवाली भिडियोमा कथाको रुपमा देखाउन खोजिएको छ ।
भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन् । भिडियोमा राजकुमारीको भूमिका छुकिला शेर्पाले निर्वाह गरेकी छन् । उनी नव मोडल हुन् । होटल याक एण्ड यतीमा छायाँकन भएको भिडियोमा कोरस कलाकारलाई समेत आकर्षक ढंगले प्रस्तुत गरिएको छ, भने गायक दाजुभाई सत्यराज र स्वरुपराजले समेत कवाली गाउँदै गरेको भिडियोमा देखाइएको छ ।
सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन भिडियोमा छ । गीतमा शब्द अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्यकै छ । भिडियोमा कोरियोग्राफी दीपकराज सुनारले गरेका हुन् । गीत केही अगाडिको अमेरिका सांगीतिक यात्राका क्रममा बनाएको गायक तथा संगीतकार स्वरुपराज आचार्यले बताए । कवाली गजल टाइपको कम्पोज रहेको गीत आफुहरुले लामो समयपछि ल्याएको भएकोले यसमा मास र क्लासलाई ध्यान दिएको स्वरुपराजको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण