‘हिमालको छानो यो’ गीतले बनायो रेकर्ड
काठमाडौं । नेपाली गीत–संगीतबाट अहिलेसम्म केही विश्व रेकर्ड कायम भएका छन् । यस्तै गीत संगीतबाटै नेपाल र नेपालीको नाममा अर्काे एउटा रेकर्ड थपिएको छ । ‘हिमालको छानो यो’ बोलको गीतको म्युजिक भिडियोबाट नेपालको नाममा अर्काे एक विश्व रेकर्ड थपिएको हो । भिडियोले अहिलेसम्म संसारको उच्च स्थानका छायाँकन गरिएको भिडियोको रुपमा ‘गिनिज बुक अफ वल्र्ड’मा नाम लेखाउन सफल भएको छ ।
निर्देशक माधव खरेल र निर्माता कमला जोशी, पुस्कर नेपाल र गायक पूर्ण राईको टिमले तयार पारेको भिडियो सोलुखुम्बुको गोक्यो भन्ने स्थानमा छायाँकन गरिएको थियो । उक्त स्थान ४ हजार ७ सय ६८ मिटर उचाईमा पर्दछ । राष्ट्रिय झण्डासहित कलाकार प्रयोग गरेर छायाँकन भएको गीतले हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिँदै आएको र सबैले यसको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताएको छ ।
भिडियोले ‘गिनिज बुक अफ वल्र्ड’ मा नाम लेखाउन सफल भएकोमा निर्देशक माधव खरेलले बताए । ‘गिनिज बुक अफ वल्र्ड’ ले आफ्नो अनलाइनमा भिडियोको रेकर्ड राखिसकेको र छिट्टै प्रमाणपत्र समेत आफ्नो टिमको नाममा पठाउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण