शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन
शुक्रबार, १२ मङ्सिर २०७७, १२ : १९
सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरेका छन् ।
सरकारले कोभिड–१९ को लक्षण र चिह्न देखिएमा सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा परीक्षण र उपचार निःशुल्क गरेको छ । नेपालमा भूटानलगायत देशबाट शरणार्थीका रुपमा विदेशीहरु बस्दै आएका छन् ।
हालसम्म नेपालमा दुई लाख २७ हजार ६४० सङ्क्रमित, दुई लाख नौ हजार ४३५ जना निको र एक हजार ४१२ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी समस्या समाधानका विषयमा हामी प्रष्ट छौँ : प्रमुख सचेतक पाण्डे
-
आइसक्रिम खाने बित्तिकै खानु हुँदैन यी चिज
-
वृद्ध बुवाआमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुखद् : प्रमुख दाहाल
-
पोखरा स्पोर्टस अवार्डको तयारी सकियो
-
‘म्यारिज प्रपोजल’ पुनः मञ्चन गर्दै कुञ्ज थियटर
-
३०औँ वर्षगाँठ मनाउँदै १९७४ एडी, पहिलो अन्तर्राष्ट्रिय टुर अमेरिकाबाट