शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन
शुक्रबार, १२ मङ्सिर २०७७, १२ : १९
सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरेका छन् ।
सरकारले कोभिड–१९ को लक्षण र चिह्न देखिएमा सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा परीक्षण र उपचार निःशुल्क गरेको छ । नेपालमा भूटानलगायत देशबाट शरणार्थीका रुपमा विदेशीहरु बस्दै आएका छन् ।
हालसम्म नेपालमा दुई लाख २७ हजार ६४० सङ्क्रमित, दुई लाख नौ हजार ४३५ जना निको र एक हजार ४१२ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण