चितवनको माडीमा बिओपी स्थापना
माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो । यसअघि माडीका बाँदरझुला, कान्छिवगाई, छरछरे, गर्दी र वाल्मिकी आश्रममा पोष्ट स्थापना गरी सकिएको छ ।
सरकारले नेपाल र छिमेकी देशका सिमानामा ११४ बिओपी स्थापना गर्ने निर्णय गरेसँगै जिल्लामा यस वर्ष तीन पोष्ट थप गरिएको सशस्त्र प्रहरी बल नम्बर १७ गण चितवनका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिए ।
यहाँ सशस्त्र प्रहरी निरीक्षकका नेतृत्वमा ३५ जनाको टोली सीमा रक्षाका लागि बस्ने उनले जानकारी दिए । जिल्लामा पर्ने ८८ किलोमिटर सिमानामध्ये सबै माडी नगरपालिकामा पर्छ । अहिले स्थापना भएका छ पोष्टका लागि प्रतिपोष्ट १४ दशमलब पाँच किलोमिटर क्षेत्रफल रक्षाका लागि पर्ने थापाको भनाइ छ ।
पोष्टको सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बिहीबार उद्घाटन गर्दै सिमानाको रक्षाका लागि प्रभावकारीरुपमा काम गर्न आफूहरु लागिपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण