जापानमा झन् बढे कोरोना संक्रमित
एजेन्सी । जापानमा पछिल्लो समयमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको बताइएको छ । जापानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा २ हजार ६८४ जना कोरोना संक्रमित थपिएका हुन् । यो संख्या जापानमा २४ घन्टाभित्र देखिएको सबैभन्दा ठूलो संख्या हो । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा ठूलो संख्या हो ।
योसँगै जापानमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ४६ हजार २१४ जना पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयले त्यहाँको राजधानी टोकियोमा पछिल्लो समयमा धेरै संक्रमितहरु पाइएका छन् । यसअघि पनि गत महिनामात्र यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले अब फेरि समस्या बढ्दै गएमा जापानमा आपतकालको अवस्थामा जस्तै केही नीतिहरुमा परिवर्तन पनि हुन सक्ने बताएका थिए ।
जापानमा केही हप्ता मात्र पहिले पर्यटनको प्रोत्साहनका लागि राष्ट्रिय स्तरको अभियान चलाइएको थियो । भाइरसबाट संक्रमितको संख्यामा कमी आएपछि टोकियोमा यस्तो अभियान चलाइएको थियो । जापानमा संक्रमण केवल टोकियोमा मात्र नभएर अन्यत्र पनि सरेको बताइएको छ । तर आइतबार देखिएका संक्रमितहरुमध्ये टोकियामा मात्र होइन, त्यहाँभन्दा बाहिर पनि फैलिएको छ । जापानका विकट टापुहरुमा पनि अब कोरोनाभाइरस संक्रमित भेटिन थालेको बताइएको छ । आइतबार भेटिएका ती संक्रमित मध्ये टोकियमा मात्र ५६१ जना भेटिएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण