ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख ७३ हजारको मृत्यु
ब्रासिलिया । दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ हजार १३८ जना संक्रमित भएका र २८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६३ लाख ३५ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् ।
कोरोनाभाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक असर परेको मुलुक हो । मृत्यु संख्याका दृष्टिबाट संयुक्तराज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले सोमबारसम्ममा विश्वभर १४ लाख ७४ हजारको मृत्यु भइसकेको जनाएको छ । कोरोना संक्रमितको संख्या विश्वभर ६ करोड ३६ लाख पुगिसकेको छ भने ४ करोड ३९ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।
प्राप्त समाचार अनुसार अझै पनि विश्वभर एक लाखको हाराहारीका व्यक्ति गम्भीर स्वास्थ्य समस्यामा छन् । संयुक्तराज्य अमेरिकामा गएको २४ घण्टामा मात्र एक हजार २३८ जनाको मृत्यु भएको थियो । यो सहित अमेरिकामा मृत्यु हुनेको कूल संख्या २ लाख ७४ हजार नाघेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण