कंगनालाई अनावश्यक महत्व दिइयोः उर्मिला
बलिउड अभिनेत्री उर्मिला मातोंडकर शिवसेनामा संलग्न भएपछि एकपटक पुनः अभिनेत्री कंगना रनौतमाथि निशाना साँधेकी छिन् ।
उर्मिलाले कंगनालाई ‘अनावश्यक महत्व’ दिइएको बताएकी छिन् ।
बिजेपी र शिवसेनाबीच त्यतिबेला वाकयुद्ध चरम अवस्थामा पुग्यो जब कंगनाले मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मिरसँग गरिदिइन् ।
उनले सुशान्त सिंह राजपूतको मृत्युको सिलसिलामा दिएको बयानका बेला यो पनि बयान दिएका थिए । कंगना र उर्मिलाबीच धेरै पटक ‘तँतँ, मम’ भइसक्यो ।
त्यतिबेला उर्मिलाले कंगनालाई भनेकी थिइन्, ‘पूरा देश ड्रगको अभिशाप झेलिरहेको छ । के उनलाई (कंगनालाई) थाहा छैन कि हिमाचलमा नै ड्रग्स जन्मिरहेको छ । उनले आफ्नो घर नै सफा गरेर यसको सुरुवात गर्नुपर्छ ।’
उर्मिलाले के भनिन् ?
उर्मिलाले शिवसेनाको सदस्यता लिएपछि आफ्नो पहिलो प्रतिक्रियाका बेला भनिन्, ‘यसअघि गरिएको साक्षात्कारमा मलाई धेरैजसो प्रश्न कंगनाको विषयमा सोधियो । मलाई लाग्छ कि कंगनालाई अनावश्यक महत्व दिइएको छ । मलाई लाग्दैन कि उनलाई थप महत्व दिनुपर्छ ।’
उर्मिलाले उनको नाम विधान परिषदको सदस्यताका लागि बढाइने कुराको पनि पुष्टि गरेकी छिन् ।
यसअघि शिवसेना स्रोतले उर्मिला मातोंडकरको नाम राज्यपाल कोटेबाट विधान परिषदको सदस्यताका लागि बढाइने बताएको थियो ।
उर्मिलाले यसको पुष्टि गर्दै भनिन्, ‘मेरो नाम विधान परिषदका लागि राज्यपालमा पठाइने बारे जानकारी दिइएको छ । म आफ्नो राजनीतिक जीवनमा महिलाको मुद्दामाथि काम गर्न चाहन्छु ।’
जब उनलाई कांग्रेस छोड्नुको कारणबारे सोधियो तब उनले भनिन्, ‘मैले पार्टी छोडेकी थिएँ, जनसेवा होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण