डोनाल्ड ट्रम्प सन् २०२४ मा पुनः निर्वाचन लड्ने
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने सङ्केत गरेका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार व्हाइट हाउसको क्रिसमस पार्टीमा पाहुनाहरूसँग भने, “यो अचम्मको चार वर्ष भयो, हामीले अर्को चार वर्ष नेतृत्व गर्ने कोशिस गर्दैछौं । यदि यो सम्भावना नभएमा म तपाईँलाई अर्को चार वर्षपछि भेट्नेछु ।”
कैयौँ रिपब्लिकन पार्टीका महत्वपूर्ण ओहदामा बसेका वर्तमान् तथा विगतका अधिकारीहरूसमेत सहभागी उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिइएको भएपनि कार्यक्रमको भिडियो तत्कालै सार्वजनिक भएको थियो । नोभेम्बर ४ को चुनावको झन्डै एक महिना पछि ७४ वर्षीय ट्रम्प अझै पनि आफू निर्वाचनमा हारेको कुरा स्वीकार्न अस्वीकार गर्छन् । । उनले अगामी दिनको प्रशासन निर्माणमा व्यस्त राष्ट्रपति निर्वाचित डेमोक्र्याटिक प्रतिद्वन्द्वीलाई जो बाइडेनलाई स्वीकार गरिसकेका छैनन् ।
ह्वाइट हाउसमा बदली भएका ट्रम्पले आफ्नो सार्वजनिक उपस्थितिलाई न्यून बनाउन थालेका छन् तर उनकै शब्दमा निर्वाचनमा ‘धाँधली र ठगी’को बारेमा आवेगात्मक ट्वीट भने लेखिरहेका छन् । यद्यपि उनका आफ्नै वकिलले भने निर्वाचनमा भएका धाँधलीका बारेमा ट्रम्पको विचारभन्दा भिन्न धारणा राखेका छन् ।
उनले भने, “आजसम्म हामीले त्यस्तो नक्कली मापदण्ड देखेका छैनौं जसले चुनावमा फरक नतिजा ल्याउन सक्छ,” राष्ट्रपतिका कानुनी सल्लाहाकार बिल बारले मंगलबार एसोसिएटेड प्रेस (एपी)सँग भने । बारको कथनलाई सबैभन्दा शक्तिशाली मान्न सकिन्छ किनकि उनी ट्रम्पको निकट सहयोगी हुन्।
जिज्ञासाजनक राजनीतिक वातावरणलाई ध्यानमा राख्दै राष्ट्रपति निर्वाचित वाइडेन भने आफ्नो मन्त्रिपरिषद्का उम्मेदवार र नियुक्तिमा व्यस्त रहेका छन् । राष्ट्रपति ट्रम्पले षडयन्त्रका सिद्धान्तहरूबारे चर्चा गर्दै आफूले सहजै सत्ता हस्तान्तरण नगर्ने चर्चा गरेपछि अमेरिकी नागरिकमा एक प्रकारको अन्यौलको स्थिति देखिएको बताउने गरिएको छ । सुरुका दिनमा जस्तो ट्रम्पले सत्ता सहजै हस्तान्तरण नगर्ने कुरालाई पटक पटक नदोहोराए पनि निर्वाचन परिणामप्रति आफू सन्तुष्ट नरहेको धारणा भने यदाकदा सुन्न पाइन्छ ।
एनबीसी न्यूजका अनुसार ट्रम्पले आफ्नो २०२४ को निर्वाचन अभियानलाई वाइडेनले सत्ता सम्हालेकै दिन जनवरी २० देखि नै सुरू गर्ने सम्भावनाबारे निकटस्तहरूसँग छलफल गरेका छन् । ट्रम्प र उनको दलले बाइडेनको उद्घाटन समारोहमा भाग लिन नचाहेको कतिपय सञ्चारमाध्यमले लेख्दै पनि आएका छन् । मेनहटनका जग्गा व्यवसायीबाट राष्ट्रपतिसम्म पुग्न सफल भाग्यमा बढी विश्वास गर्ने ट्रम्पले आफूले पहिलो कार्यकालको पद तथा गोपनियताको सपथ खाएसँगै दोस्रो कार्यकाल सन् २०२० को निर्वाचनका लागि कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण