सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘डान्सिङ विथ दि स्टार्स’ बाट बाहिरिइन् ज्योती

आइतबार, २१ मङ्सिर २०७७, १४ : २२
आइतबार, २१ मङ्सिर २०७७

काठमाडौं । गायिका ज्योती मगर ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ बाट बाहिरिएकी छिन् । शोमा सेमिफाइनल नजिक पुगेर उनी बाहिरिएकी हुन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहदै आएकी थिइन् । लोक गायिकाको रुपमा परिचय बनाएकी ज्योतीको भिडियो अभिनय र स्टोज पफमेन्सले उनलाई हट गायिकाको उपनाम दिइएको थियो ।

हट गायिकाको रुपमा चिनिएकी उनी आफ्नो छबि परिवर्तन गर्न शोमा सहभागी भएकी थिइन् । अन्तिम पाँचबाट बाहिरिएकी ज्यातीलाई धेरै दर्शकको विजेताको रुपमा पनि हेर्ने ईच्छा थियो ।  ज्योती बाहिरिएपछि अब यो शोको सेमिफाइनलमा सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य गरेर ४ सहभागी छन् । 

हिमालय टेलिभिनजबाट प्रशारण हुँदै आएको यो शोमा स्टारको  सहभागिता भएकोले पनि दर्शकमाझ यसको अलग्गै पहिचान छ ।  गौरी मल्ल, दीलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायक रहेको शोबाट आफुले धेरै सिक्न पाएको ज्योतीले बताएकी छन्  । उनले शोमा नआएको भए धेरै कुरा मिस गर्ने प्रतिक्रिया दिएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप