२५ लाख पुरस्कारको ‘डान्स मास्टर’ घोषणा
काठमाडौं । पछिल्लो समय टेलिभिजन रियालटी शो दिन प्रतिदिन बढ्न थालेको छ । यस्तैमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ पनि सुरु हुने भएको छ । राजधानीमा एक कार्यक्रमको बीच शोको औपचारिक घोषणा समेत गरिएको हो । ‘थ्रि प्रोडक्सन’ ले ‘नेपा प्रोडक्सन’ सँगको सहकार्यमा निर्माण गर्न लागेको यो शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । जो ‘कमेडी च्याम्पियन’ का पनि निर्देशक हुन् ।
शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंहलगायत कलाकार निर्माताको रुपमा रहेका छन् । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेनछिन् । जजको रुपमा भने ‘डान्स इन्डिया डान्स–लिल चाम्स’ की विजेता तेरियमा मगर, डान्स प्लस सिज २ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।

रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइरालाले होस्ट गर्ने कार्यक्रम राम्रो नृत्य गर्न सक्ने बालबालिकालाई अवसर प्रदान गर्न आयोजना गर्न लागेको निर्देशक भण्डारी बताए । निर्माता केकी अधिकारी पहिलो रियालिटी शोबाट पाएको सफलता र हौसलाले नै दोस्रो रियालिटी शो निर्माणमा हिम्मत बढेको बताइन् ।
‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन २’ समाप्त भएपछि सुरु हुनेछ । यस शोको लागि पहिलो चरणको अडिसन डिजिटल रुपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए । रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउँनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण