रहेनन् वरिष्ठ गायक जगतमर्दन
काठमाडौँ । वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । ८५ वर्षीय थापाको सोमबार बिहान १० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनको निधनको पुष्टि उनका छोरा मोहितमर्दनले गरेका छन् ।
कोरोना संक्रमण भएर मुक्त भएका उनी छातीको समस्याका कारण अस्पतालमा उपचारत थिए । वि.सं २०१३ सालबाट नै रेडियो नेपालबाट सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका उनले २०१८ सालमा कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए ।
सञ्चय कोष, कृषि चुन उद्योग जस्ता सरकारी निकायमा रहेर काम गरेका उनको ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’ लगायतका एल्बम आएका छन् । बृद्ध अवस्थामा सम्म पनि संगीत अध्यायलाई निरन्तरता दिएका उनले ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गरेका थिए ।
थापाको निधनप्रति बिभिन्न कलाकर्मीलगायतले दुःख व्यक्त गरेका छन् । थापाका एक छोरा र तीन छोरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण