लुम्बिनीमा एकैदिन ५ जनाले गरे आत्महत्या
रुपन्देही । लुम्विनी प्रदेशका विभिन्न जिल्लामा आज एकैदिन ५ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार मंगलवार प्रदेशका विभिन्न जिल्लाहरुमा ५ जनाले आत्महत्या गरेका हुन् । उनका अनुसार बाँकेको वैजनाथ गाउँपालिका वडा नम्वर ४ विपी मेमोरियल स्कुल स्थित स्थानीय टपी सुनारकी ४० वर्षीया श्रीमती सिता सुनारले आफ्नै घर नजिकैको बेलौती (अम्वा)रुखमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।
त्यस्तै,गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नम्वर २ झिरवास घर भई सत्यवती गाउँपालिका वडा नम्वर ४ रगेवास्थित तेजप्रसाद भण्डारीको घरमा बस्ने अन्दाजी वर्ष २० की रुनीकला सुनारले स्थानीय छविलाल भण्डारीको खनिउको रुखमा झुण्डिएर आत्महत्या गरेकी छन् ।
गुल्मीकै सत्यवती गाउँपालिका वडा नम्वर ६ भलादीका अन्दाजी जीवलाल भण्डारी आफ्नै खरवारीको खनियाको रुखमा झुण्डिएर आत्मा हत्या गरेका छन् । बर्दिया जिल्लाको राजपुर नगरपालिका वडा नम्वर २ सोहरियाकी ४९ वर्षीया जाली मुनाले घरकै बलोमा झुण्डिएर आत्माहत्या गरेकी छन् ।
त्यस्तै,रुपन्देहीको देवदह नगरपालिका १० चरेङ्ग्रेस्थित पाल्पा रामपुर १४ की ३० वर्षीया मिना रुचाललेले घरको बलोमा झुण्डिएर आत्मा हत्या गरेकी छन् । उनी त्यस नगरपालिकाको वडा नम्वर १० शान्तिटोल स्थित बलिसरा सिंजालीको घरमा डेरा गरि बस्ने गर्दथिन् ।
त्यस्तै, अर्घाखाँचीका एक जना ११ वर्षीय बालक सुपादेउराली तलको भिरमा मृत फेला परेका छन् । पाणेनी गाउँपालिका ७ पालिका हुमलाल आचार्यका ११ वर्षीय छोरा अनिल आचार्य सुपदेउरालीको भीरमा मृत फेला परेका हुन् । उनी सुन्तला बेच्ने सुपा देउरालीमा गएका थिए ।
उता, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्वर ६ ठुलो भुटनियास्थित बाटोमा बुद्धिभूमि ७ मानपुरका ४३ वर्षीय प्रकाश कुर्मी अत्याधिक मदिरा सेवन गरि अचेत अवस्थामा फेला पारिएको र उपचार गर्न लैजाने क्रममा उनको मृत्यु भएको प्रहरी जनाएको छ । त्यसैगरी प्युठानको प्युठान नगरपालिका १० का ३७ वर्षीय राजु केएम घर निजकैको रहेको पिपलको बोटमा घाँस झार्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति