सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिगामीको चलेखेल बढ्नुमा सरकार जिम्मेवार : राष्ट्रिय जनमोर्चा

बुधबार, २४ मङ्सिर २०७७, ११ : ३६
बुधबार, २४ मङ्सिर २०७७

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा धर्मनिरपेक्षताकाविरुद्ध प्रतिगामीहरुको चलखेल हुनुमा सरकारको अधिनायकवादी र गलत कार्यशैली धेरै हदसम्म जिम्मेवार रहेको जनाएको छ । 

मोर्चाका प्रवक्ता तथा उपाध्यक्ष दुर्गा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै प्रतिगामीविरुद्ध सम्पूर्ण गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको भन्दै कोरोना महामारी, राष्ट्रियता, सार्वभौमिकता, कालापानी क्षेत्रमा भारतीय अतिक्रमणलगायत देशमा देखिएका समस्याको बारेमा संसदमा छलफल गर्नुपर्नेमा जोड दिएकी छन् ।

त्यस्तै यी विषयहरुमा छलफल गर्न जनमोर्चाले संसदको अधिवेशन तत्काल बोलाउन माग पनि गरेको छ । 

जनमोर्चाले सरकारले झण्डै एक वर्षसम्म लुकाएर राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रतिवेदन लामो समयसम्म लुकाएर राख्नु सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठा भएको जनाएको छ । उक्त प्रतिवेदन आयोगका १३ जना सदस्यले तीन दिनअघि सार्वजनिक गरेका थिए । 

‘सरकारको शिक्षाप्रतिको गलत रबैया हेर्दा शैक्षिक माफियाहरुको दबाबका कारण प्रतिवेदन लुकाइएको हो भन्ने प्रशस्त आधार छन् । आयोगले सिफारिस गरिएका कुराहरु लागु नगर्नका लागि प्रतिवेदन लुकाइनु र संविधानले व्यवस्था गरेको शिक्षाको मौलिक हक कार्यान्वयन गर्न आलटाल गरिनु आपत्तिजनक छ’, जनमोर्चाले भनेको छ । 
उसले शिक्षामा देखिएका समस्यामाथि निरन्तर खबरदारी गर्न सम्पूर्ण राजनीतिक दल, शिक्षाप्रेमी, विद्यार्थी संगठनहरुलाई अनुरोध समेत गरेको छ । 

‘शिक्षा नीतिलाई राष्ट्रिय आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान, विश्वविद्यालयहरुलाई खोज र अनुसन्धानमूलक बनाउन, राजनीतिक भागबण्डाको अन्त्य गर्न, विश्वविद्यालय, क्याम्पस र विद्यालयमा दक्ष जनशक्ति भर्ना गर्न र शिक्षामा बजेट बढाउन माग गर्दछौ । विदेशी शिक्षाको नक्कल गर्न र शिक्षालाई विदेशमुखी बनाउन बन्द गरिनुपर्दछ’, जनमोर्चाको जोड छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप