मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

धनीले ५ पटक भ्याक्सिन लगाउँदा गरिब देशका १० मध्ये १ जनाले पाउने

बुधबार, २४ मङ्सिर २०७७, १२ : ०१
बुधबार, २४ मङ्सिर २०७७

धनी देशहरुले आवश्यकताभन्दा ज्यादा भ्याक्सिन भण्डारण गर्दा गरिब देशहरु पछाडि पर्न सक्ने भय देखिएको छ । क्लिनिकल परीक्षणमा रहेका भ्याक्सिनहरुले अन्ततः प्रयोगको स्विकृती पाउने पूर्वानूमान गर्दै धनी देशहरुले आगामी वर्षको अन्त्यसम्म आफ्ना जनतालाई तीन पटकसम्म लगाउन मिल्नेगरी भ्याक्सिन भण्डारण गरिरहेका छन् । 

अक्सफाम र एम्नेस्टी इन्टरनेशनलजस्ता संस्था सहभागी पिपुल्स भ्याक्सिन एलाईन्सको खोजीले यस्तो तथ्य पत्ता लगाएको हो । यस एलाईन्सले संभावित आठवटा भ्याक्सिन उम्मेदवार र विभिन्न देशहरुबीच भएको सम्झौताको विश्लेषण गरेको थियो । 

जसअनुसार मोडर्ना भ्याक्सिनका सबै डोजहरु धनि देशहरुले किनिसकेका छन् । त्यस्तै, फाइनजरका ९६ प्रतिशत डोज उनीहरुले किनेका छन् । 

विश्वको केवल १४ प्रतिशत जनसंख्याले अति प्रभावकारी भ्याक्सिनका ५३ प्रतिशत डोज खरिद गरिसकेका छन् । क्यानेडाले आफ्ना नागरिकलाई ५ पटकसम्म लगाउन मिल्नेगरी भ्याक्सिन भण्डारण गरिसकेको संकेत गरेको छ । 

अर्कोतर्फ गरिब देशहरुको अवस्था भयावह छ । उनीहरुले अर्को वर्षभित्र औसतमा १० मध्ये एकजनालाई मात्रै भ्याक्सिन लगाउने सामथ्र्य राख्ने एलाईन्सले जनाएको छ । 

भ्याक्सिन प्राप्त गर्ने मामिलामा केन्या, म्यान्मार, नाइजेरिया, पाकिस्तान र युक्रेन प्राप्त गर्ने मामिलामा पछि पर्ने देखिन्छ, जबकी यी सबै देशको कुल १५ लाख जनसंख्यामा कोरोना देखिएको छ । अर्को वर्षसम्म अधिकतम रुपमा केवल विश्वको १८ प्रतिशत जनसंख्यामा मात्रै भ्याक्सिन आपुुर्ती हुने अनुमान गरिएको छ । विभिन्न देशका सरकारहरु र औषधी उद्योगहरुले पैसा तिर्नसक्ने धनाढ्य देशमात्रै नभएर सम्पूर्ण विश्वका लागि आवश्यक भ्याक्सिनको डोज तयार गर्ने विषयमा आवश्यक कदम तत्कालै चाल्नुपर्ने पनि एलाइन्सले जनाएको छ । 

एम्नेस्टी इन्टरनेशनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टेफेन ककवर्नले भने,‘कोभिड १९ बाट सबैतिर सबैजनालाई सुरक्षा दिन सकिन्छ भनेर सुनिश्चित गर्ने विश्वव्यापी प्रयासलाई भ्याक्सिनको भण्डारणले सक्रिय रुपमा अवमुल्यन गरेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप