मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

निशानले अस्मितालाई भने ‘तिमीसँग मन साटे’

बिहीबार, २५ मङ्सिर २०७७, १० : ५६
बिहीबार, २५ मङ्सिर २०७७

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलबाट चिनिएका  निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिमीसँग मन साटे’ सार्वजनिक भएको छ ।

रवि मल्लको शब्द र संगीत, दिक्षित पौडेलको एरेन्ज रहेको गीतको रोमान्टिक शैलीमा तयार भएको छ । गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय देख्न सकिन्छ ।

स्वर्णिम थापाको कोरियोग्राफी, पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको गीतको भिडियो स्वर्णिम थापाले नै निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप