आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आगामी तीन दिनको मौसम पूर्वानुमान

सोमबार, २९ मङ्सिर २०७७, ०६ : २८
सोमबार, २९ मङ्सिर २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल  देशमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ भने हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । 

यसैगरी, सोमबार दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका १(२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

भने, सोमबार राति प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, मंगलबार दिउँसो प्रदेश नं १  लगायत  देशको  अन्य पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, मंगलबार राति प्रदेश नं १, लुम्बिनी प्रदेश र बाग्मती प्रदेश लगायत देशको अन्य पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, बुधबार दिउँसो देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, बुधबार राति देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप