ऋतिक रोशनको मुद्दा अपराध शाखामा ट्रान्सफर, कंगनाले भनिन्, ‘छोटो अफेयरका लागि कहिलेसम्म रुन्छस् ?’
फिल्म अभिनेता ऋतिक रोशनको एक मामिला साइबर सेलको क्राइम ब्रान्च इन्टेलिजेन्स युनिटमा ट्रान्सफर भएको छ । अपराध शाखा र मुम्बई पुलिस संयुक्त आयुक्तले यसको आदेश जारी गरेको हो । आदेशका अनुसार ऋतिक रोशनले एफआईआरमाथिको अनुसन्धान साइबर सेलको अपराध शाखाको क्राइम इन्टेलिजेन्स युनिट (सीआईयू) मा ट्रान्सफर गरिएको छ ।
ऋतिक रोशनले सन् २०१३ देखि २०१४ बीच सयवटा इमेल पाएका थिए । यी इमेल फिल्म अभिनेत्री कंगना रनौतको मेल आइडीबाट पठाइएको बताइन्छ । यसका लागि ऋतिक रोशनले सन् २०१७ मा साइबर सेलमा ऊजुरी दर्ता गरेका थिए । त्यतिबेला कंगनाले उनको इमेल आईडी ह्याक भएको र उनले ऋतिक रोशनलाई कहिले पनि मेल नपठाएको दाबी गरेकी थिइन् ।
कहिलेसम्म रुन्छस् ऋतिकः कंगना रनौत
यसमा कंगना रनौतले पनि प्रतिक्रिया दिएकी छिन् ।
कंगनाले ट्वीट गरेकी छिन्, ‘यसको कहानी पुनः सुरु भयो । हाम्रो ब्रेकअप र यसको डिभोर्स भएको कति वर्ष बितिसकेको छ, तर ऊ अघि बढ्न अस्विकार गरिरहेको छ । कुनै पनि महिलालाई डेट गर्न अस्विकार गर्छ । म जतिबेला आफ्नो नीजि जीवनमा केही आशा पाउने साहस जुटाउँछु तब यसले पुनः नाटक सुरु गरिहाल्छ । ऋतिक रोशन कहिलेसम्म रुन्छस्, एउटा सानो अफेयरका लागि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छः गृहमन्त्री लामिछाने
-
‘सिप मेला’ मा युवाको आकर्षण (तस्बिरहरू)
-
अस्पतालमा भर्ना भइन् हास्य कलाकार भारती सिंह
-
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
-
गण्डकीको संसद् बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत