अध्यादेशबारे देउवाको प्रतिक्रिया– ओलीको अलोकतान्त्रिक कदम, बैठकमा नजाने घोषणा
काँग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् बैठकमा सहभागी नहुने घोषणा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई अलोकतान्त्रिकको संज्ञा समेत दिएका छन् ।
रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले अलोकतान्त्रिक कार्य आफूलाई अस्वीकार्य हुने भन्दै बैठकमा सहभागी नहुने बताए । ‘अलोकतान्त्रिक कार्य भएको छ । म बैठकमा जाँदिनँ । यो कदमको विरोध गर्दछु र विस्तृत रुपमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्छ ।’
नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो ।
यसअघि गत वैशाखमा पनि सरकारले यस्तै अध्यादेश ल्याएको थियो । सो अध्यादेशको त्यतिबेला काँग्रसले कडा विरोध गरेको थियो भने सत्तारुढ दलभित्रैबाट समेत फिर्ता लिन दवाव बढेपछि फिर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
