सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

बुधबार, ०१ पुस २०७७, १८ : ४०
बुधबार, ०१ पुस २०७७

काठमाडौं । लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । कम्पनीले जारी गर्दै गरेको कुल ६२ लाख ५० हजार कित्ता अर्थात् ६२ करोड ५० लाख बराबरको आइपीओका लागि प्रत्याभूतिकर्ताको रुपमा कम्पनीले कोषलाई नियुक्त गरेको हो । 

सेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक  रमण नेपाल र ग्रीन भेन्र्चको तर्फबाट अनिल अग्रवालले मंगलबार सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।   कम्पनीले केहि दिनभित्रै आफ्नो जारी पूँजी ३ अर्ब १२ करोड ५० लाख (रु.३,१२,५०,००,०००) रुपैयाँमध्ये बीस प्रतिशतले हुन आउने ६२ करोड ५० लाख बराबरको आइपीओ सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको छ । जसमा प्रति कित्ता एक सय (रु.१००) रुपैयाँका दरले जम्मा ६२,५०,००० कित्ता शेयर वितरण हुनेछ ।

रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य हालसम्म ८५ प्रतिशत सम्पन्न भैसकेको कम्पनीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप