सेयर बजार घट्ने क्रम रोकिएन, बढेको कारोबारले कस्तो संकेत गर्छ ?
सारांश
- सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २५७० बिन्दुमा झरेको छ ।
- आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
- नेप्से घट्ने क्रम नरोकिँदा कारोबार रकम बढ्नुले बजारले सुधारको बाटो लिन खोजेको हो कि भन्ने देखाउँछ ।
काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २५७० बिन्दुमा झरेको हो ।
आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
सोमबार ३६८ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
जसमध्ये सबैभन्दा धेरै कारोबार एनएमबि बैंकको डिवेन्चर ८.५० प्रतिशतको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, १० प्रतिशत एनआईसी एसियको ४६ करोड र एभरेष्ट बैंक डिभेन्चरको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सामुदायिक लघुवित्तको सेयर मूल्य ५.३७ प्रतिशतले बढेको छ ।
आज नेप्से घट्ने क्रम नरोकिँदा कारोबार रकम बढ्नुले बजारले सुधारको बाटो लिन खोजेको हो कि भन्ने देखाउँछ ।
यद्यपि आर्थिक वर्षको अन्तिममा डिबेञ्चरको कारोबार बढ्दा बजारको समग्र कारोबारमा उल्लेख्य सुधारको अवस्था देखिएको हो । यो कारणले कारोबारकै कारण आशावादी हुने अवस्था भने खासै नरहेको विश्लेषकहरूको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डको टेस्ट टोलीको मुख्य प्रशिक्षकको दौडमा राहुल द्रविड
-
अमेरिकी आक्रमणको दायरा विस्तार, इरानको भित्री क्षेत्रमा पनि बमबारी तीव्र
-
सुस्ताउँदैछ चीनको आर्थिक वृद्धिदर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
२४ घण्टाको अवधिमा विपद्का घटनामा ७ जनाको मृत्यु
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण