सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
सुरक्षा/अपराध

उपत्यकामा पाकेटमार पक्राउ गर्न सादा पोसाकका प्रहरी परिचालन

सोमबार, २९ असार २०८३, १५ : ४२
सोमबार, २९ असार २०८३

सारांश

  • काठमाडौँ उपत्यकामा पाकेटमार पक्राउ गर्न सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
  • उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा पाकेटमार नियन्त्रणमा लिने अभियान सुरु गरेको हो।
  • बसमा चढ्ने यात्रुहरूलाई टार्गेट गरेर पाकेटमारी हुने गरेको सूचनाको आधारमा 'स्विप अभियान' सुरु गरिएको छ।

काठमाडौँ। काठमाडौँ उपत्यकामा पाकेटरमार पक्राउ गर्न सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा पाकेटमार नियन्त्रणमा लिने अभियान सुरु गरेको हो। बसमा चढ्ने यात्रुहरूलाई टार्गेट गरेर पाकेटमारी हुने गरेको सूचनाको आधारमा ‘स्विप अभियान’ सुरु गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए।

भक्तपुर, थानकोट, कीर्तिपुर, हरिसिद्धी र चक्रपथ रुटमा चल्ने सवारीमा सादा पोसाकका प्रहरी परिचालन सुरु गरिएको छ। स्विप अभियान १० दिनसम्म सञ्चालन गरिने एसएसपी खड्काले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप