गोपालको फिल्म ‘लुँयागु तक्मा’ शुभमर्हूत
काठमाडौं । नेपाली फिल्मका निर्माता तथा बितरक गोपाल काजी कायस्थले नेपाल भाषामा फिल्म ‘लुँयागु तक्मा’ निर्माण गर्ने भएका छन् ।
राजधानीम आयोजित एक कार्यक्रममा फिल्मको शुभ–मुूर्हत गरिएको छ । ठमेलस्थित छायाँ सेन्टरमा आयोजित एक कार्यक्रममा लोकप्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ, नीर शाह लगायतको उपस्थितीमा फिल्मको मुर्हूत गरिएको हो ।
सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेने फिल्ममा रुमन जोशी कार्यकारी निर्माता रहेका छन् ।
फिल्ममा मानकृष्ण वावा, सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवाल, रञ्जना सितिखु, रिजन महर्जन र हसना महर्जनको मुख्य भूमिका रहनेछ ।
यो फिल्म नेपाल भाषाको संगीत तथा कला क्षेत्रमा लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार मानकृष्ण वावाको स्वास्थ्य समस्यामा सहयोग गर्ने उद्देश्यले निर्माण गर्न लागिएको निर्माता कायस्थले जानकारी गराएका छन् । मानकृष्ण नै फिल्ममा मुख्य भूमिकामा रहनेछन् ।
यो फिल्मको छायाँकन माघपछि प्रारम्भ हुनेछ । करिव ५० लाख रुपैयाँको बजेटमा फिल्म निर्माण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण