सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

साधना म्युजिक अवार्ड आयोजना हुने

शुक्रबार, ०३ पुस २०७७, ११ : ४९
शुक्रबार, ०३ पुस २०७७

काठमाडौं ।  साधना म्युजिक अवार्डको दोस्रो संस्करण पनि आयोजना हुने भएको छ । सामना म्युजिक क्रियसनले एक विज्ञप्ती जारी गराउदै आवेदन समेत खुल्ला भएको जनाएको छ ।

‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन,  कलागला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना हसन लागेको अवार्डमा नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधा समेटिएको छन् । 

अवार्डमा २०७६ बैशाख १ गतेदेखि २०७७ मंसिर १ गतेसम्म बजारमा आएका नेपाली गीत संगीतले सहभागीता जनाउन सक्नेछन् ।

नेपाली मौलिक लोक गीत संगीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्य अवार्डको रहेको आयोजक सामना क्रियसनकी अध्यक्ष सामना शाहले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप