नातिकाजी सम्मान तथा पुरस्कार घोषणा
काठमाडौँ । वर्ष २०७६ को नातिकाजी विशिष्ट सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । नेपाली संगीतका शिखर पुरूष नातिकाजी श्रेष्ठको ९६ औं जन्म जयन्तीका अवसर पारेर शुक्रबार आयोजिक एक कार्यक्रममा सम्मान तथा पुरस्कार घोषणा गरिएको हो । बरिष्ठ गायक योगेश बैद्यको संयोजकत्वमा गठित तीन सदस्यीय सम्मान एवं पुरस्कार छनोट समितिको सिफारिसमा सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।
नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजित बाँस्कोटाकाअनुसार, नेपाली संगीतको विकासमा योगदान पुर्याउनुहुने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान एवं पुरस्कारहरू प्रदान गरिन्छ । उनका अनुसार, २०७६ सालको नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान वरिष्ठ संगीतकार नोर्बु छिरिङ लामालाई प्रदान गरिने भएको छ ।
यस्तै, बालकृष्ण सजिव, सुरेन्द्र राना, राजु अग्रवाल, सुनिल मास्के, राजुसिंह, मदन सिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, चुडामणि देवकोटा र महेश खड्कालाई नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७६ प्रदान गरिने छ ।
पुरस्कारतर्फ प्रश्ना शाक्य, चेतन सापकोटा, सुगम पोखरेल र दयाराम पाण्डेलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।
यसैगरी, मेलिना राई, सुरज थापा र हर्क साउदलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७६ प्रदान गरिनेछ । यस्तै, जीवित जल्मीलाई नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार–२०७६ प्रदान गरिने भएको छ । यसैगरी, विकास नाथ योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७६, बद्री पंगेनीलाई नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार–२०७६ र पत्रकार विदुर गिरी एवं श्याम स्मृतलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ । कार्यक्रममा उपस्थित धेरैले नातीकाजीको सम्झना र चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण