अञ्जु पन्तको गीतमा आकाश र समीक्षाको प्रेम पीडा
शुक्रबार, ०३ पुस २०७७, १९ : २२
काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दासँगै हाँस्थ्यौ’ बोलको गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । हिराकाजी थापाको शब्द, नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत चाँद सिंहले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिशा बास्तोला, प्रविन डिसी, आरध्य खड्का, तपस अधिकारी लगायतको अभिनय देख्न सकिन्छ । काठमाडौँ उपत्यकाको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको भिडियो हिराकाजी थापाले नै निर्देशन गरेका हुन् ।
प्रेमिकाको धोका पछि प्रेमीको जीवनमा पर्ने असर भिडियोमा देखाउन खोजिएको छ । गौरव गिरीको कोरियोग्राफी, उत्तम हुमागाईको छायाँकन रहेको भिडियो अनिल रानाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण