सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या २ हजार ५६६ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या २ हजार ५६६ पुगेको छ ।
शुक्रबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७२ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या २ हजार ५६६ पुगेको हो ।
सकृय संक्रमितमा अछाम ३३९, बेतडी १०७, बझाङ्ग ३६०, बाजुरा ५२,डडेल्धुरा २८३, दार्चुला २६२, डोटी १९०, कैलाली ७०१, कंचनपुर २२९ ,अन्य जिल्लामा ४१, र अन्य देशमा २ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा गरिएको परिक्षणमा कैलालीका २८,कंचनपुरका ८, अछाम १२, बाजुराका ३ , डडेल्धुराका १८, दार्चुलाका १, अन्यजिल्लामा १ र डोटीका १ जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्री ले रातोपाटी लार्ई जानकारी दिए ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । अछाम २, बैतडी १,बझाङ्ग ३, बाजुरा २,डडेल्धुरा ३, दार्चुला २,डोटी १, कैलाली २५ र कंचनपुर ७ जना कोरोना संक्रमितको मृत्यु भईसकेको उनले बताए ।
यो संगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि १० हजार १४७ पुगेको छ । बिभिन्न अस्पतालबाट थप २५ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या १० हजार १४७ पुगेको उनले बताए ।
त्यसैगरी बिभिन्न अस्पतालहरुमा ७८ कोरोना संक्रमितको उपचार भईरहेको छ ।
कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३६, महाकाली १४, अछाम २२, डोटी ४, र डडेल्धुरामा २ जनाको उपचार भईरहेको छ ।
प्रदेशका ९ वटै जिल्लामा ९७ आइृसोलेसन सेन्टरमा २ हजार ३२१ बेडहरु छन । सो बेडमा २ सय ५७ पुरुष र १ सय ६ म्हिला र होम आईसोलेसनमा २ हजार ५३ जना रहेको स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिँह कार्कीको भनाई छ ।
८ जना आईसोलेसनमा र २ जनाको भेन्टीलेटरमा उपचार भईरहेको छ ।
१ लाख २६ हजार ४२२ नमुना जाचमा १२ हजार ७५९ जनामा संक्रमण फेला परेको छ भने १ लाख १३ हजार ६६३ नमुना भने नेगेटिभ आएको छ ।
अझै ५ सय ९२ नमुनाको रिजल्ट आउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण