प्रेम विनोद ‘अमर भावना राष्ट्रिय पुरस्कार–२०७६’
चितवन । वरिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई एक लाख ५१ हजार राशि सहितको राष्ट्रिय सम्मानबाट प्रदान गरिएको छ । गीतकार संघ नेपालको आयोजना तथा नारायणी कला मन्दिर चितवनको संयोजनमा उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा उनलाई ‘अमर भावना राष्ट्रिय पुरस्कार–२०७६’ बाट सम्मानित गरिएको हो ।
२०११ सालमै ‘झटारो’ गीति संग्रह प्रकाशन गरेका उनले गजल, कविता तथा अन्य काव्यमा पनि कलम चलाउने गर्दछन् । उनी गायक, संगीतकार तथा कलाकार पनि हुन् । उनलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गोलसिमल’को संज्ञा दिएका थिए ।
८५ वर्षीय नन्दनका ६ वटा गीतिसंग्रह प्रकाशन भएका छन् । यसका अलावा उनले लेखेका दर्जनौं फुटकर गीतहरू नेपाली चलचित्रका लागि रेकर्ड भएका छन् ।
त्यसैगरी यस वर्षको वर्ष गीत पुरकार गीतकार महेश आचार्यको गीत ‘थाहा छैन जिन्दगीमा’लाई दिइएको छ । गीतले ५७ हजार नगद राशिसहित ‘वर्ष गीत पुरस्कार २०७६’ पाएको हो ।
वर्ष गीत पुरस्कार छनोट समितिमा गीतकार सुरेन्द्र राना र सुवासचन्द्र ढुंगेल निर्णायक रहेका थिए ।
त्यसैगरी डायस्पोरा गीतकार सम्मान यसपटक बेल्जियमलाई कर्मथलो बनाईरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको थियो । भिखारीलाई नगद रू. १५ हजार नगद राशिसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेल, गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटा, गीतकार राजेन्द्र थापा, अमर वान्तु राई, संघका पूर्व अध्यक्ष योगेन्द्रमणी दाहाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गीतकार, गायक, संगीतकार तथा प्राज्ञ सुनिल मास्केले गीतकार संघलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण