काबुलमा कारबम विस्फोट, ८ जनाको मृत्यु
आइतबार, ०५ पुस २०७७, १९ : ०४
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
आतङ्ककारीहरुले गरेको आतङ्कमा आफ्ना आठ जना देशवासीको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता तारिक अरिआनले बताएका छन् । सुरक्षा अधिकारीहरुले राजधानीको पश्चिम भागमा सो कारबम विस्फोस्ट भएको पुष्टि गरेका छन् । एक स्वास्थ्य अधिकारीले पनि यस विस्फोटको पुष्टि गरेका छन् । यस विस्फोटको विस्तृत विवरण भने प्राप्त भएको छैन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक