सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

माया बस्छ कि के हो’ मा रोमान्टिक बने सोनाल र कस्मता

सोमबार, ०६ पुस २०७७, १२ : ०६
सोमबार, ०६ पुस २०७७

काठमाडौं । राजु अधिकारीको निर्देशन रहेको फिल्म ‘माया बस्छ कि के हो !’ को शीर्ष गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा नव अभिनेता सोनाल तामाङ र नव अभिनेत्री कस्मता निरौला रोमान्टिक अवतारमा देखिएका छन् ।

केही दिन अगाडि फष्टलुक सार्वजनिक गरिएको फिल्म प्रेमकथा बनेको हो । आरती अधिकारीको कथा रहेको फिल्मको प्रस्तुतकर्तामा शरद अधिकारी र निर्मातामा बहादुर सिंह तामाङ र गंगा गिरी रहेका छन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद, रविन्द्र बरालको छायांकन र विपिन मल्लको सम्पादन रहेको फिल्मको छायाँकन बेल्जियम, स्वीजरल्यान्ड, नेदरल्यान्ड र काठमाडौंमा भएको हो ।

फिल्ममा सोनाल र कस्मताको अलवा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल लगायतको पनि अभिनय छ । फिल्मलाई चलचित्र घर खुलेपछि प्रदर्शन गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप