संगीत प्रवीणको शतवार्षिकीमा साताव्यापी शास्त्रीय संगीत सम्मेलन
काठमाडौं । नेपालमा शास्त्रीय संगीतको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका अवसरमा राजधानीमा साताव्यापी शास्त्रीय संगीत सम्मेलन आयोजना गरिएको छ ।
बिहीबारदेखि सुरु भएको सम्मेलन १५ गतेसम्म चल्ने आयोजक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले युवा संगीतकर्मीहरूलाई संगीतको गहिरो ज्ञानतर्फ उत्प्रेरित गर्ने तथा संगीत अनुरागीहरूको रुचि परिस्करणमा सघाउ पु¥याउनेसमेत उद्देश्य राखी प्रतिष्ठानले शास्त्रीय संगीतको प्रवर्द्धनमा जोड दिएको बताए ।
उक्त कार्यक्रम कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी मिथिला नेपाल टेलिभिजनका साथै युट्यूब र फेसबुकबाट प्रत्यक्ष प्रसारण गर्न लागिएको नेपाल शास्त्रीय संगीत समाजका महासचिव गोकुल लिम्बूले जानकारी दिए ।
कार्यक्रममा शास्त्रीय गायनतर्फ संगीतप्रवीण नरराज ढकालका सुपुत्रद्वय प्रभुराज ढकाल–प्रतीक ढकाल, चन्दन श्रेष्ठ, चण्डीप्रसाद काफ्ले–शिवराज पौडेल, विष्णु आचार्य, डा. सीता थापा, मनमोहन थपलिया, लाबोनी चक्रबर्तीको प्रस्तुति रहने जनाइएको छ ।
यस्तै, सुरवादनतर्फ मोहनप्रसाद जोशी (जलतरङ्ग), मोहनसुन्दर श्रेष्ठ (सरोद), रामकुमार अर्याल (सितार), सन्तोषभक्त श्रेष्ठ–नगेन्द्र राई (बाँसुरी) धनबहादुर गुरुङ (शहनाइ)मा तथा ताल (तबला) वादनतर्फ डंकन दास चौधरी, बदन मण्डल र नृत्यतर्फ सुविमा श्रेष्ठ, स्वजन रघुवंशी जस्ता विशिष्ट कलाकारको प्रस्तुति रहने आयोजकले जनएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण